सिराहामा जेन–जी आन्दोलनका क्रममा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना गरिएको छ। अस्थायी प्रहरी बिट फुलबरिया र बाह्रबिघा मात्र पुनर्स्थापना गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमातहत रहेका ४१ प्रहरी...
जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब–भत्ताबराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द...
‘माझी दाईले जुनीभरी डुङ्गा तारिरहे, अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे । कतै पारि जाने रहर उनको पनि थियो, त्यहि पानीले लग्यो सलल…’ गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको...
वीरगन्जमा फैलिएको हैजा बुधबार मात्र पर्साकै पोखरिया र बाराको कलैयामा पनि देखिएको छ । तर, पाँच दिनअघिदेखि वीरगन्जबाट फैलिएको हैजाको कारण भने अझै पत्ता लागेको छैन । हालसम्म आरडिटी परीक्षणमा १४१ मा हैजा देखिएको छ । दिसाको कल्चर परीक्षणमा ३२ मध्ये २५ मा...
रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनामा आरोपी नै जलेको अवस्थामा भेटिएको छ। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका हन्। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार आरोपीले...
चालू आर्थिक वर्ष ०८२/८३ सुरु भएको दोस्रो महिना चलिरहँदासमेत मधेश प्रदेशका एक सय ३६ पालिकामध्ये २६ पालिकाले संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले १० असारभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्छ । १० असारमा पेस...
मंगलबार २१ जनामा हैजा संक्रमण पुष्टि, झाडापखालाका ९३ जना अस्पताल भर्ना वीरगन्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या घट्न थालेको छ । आइतबार २९ र सोमबार २२ जनामा हैजा देखिए पनि मंगलबार २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तथ्यांकअनुसार...
आइतबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित किसानको आन्दोलनलाई मत्थर पार्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ अनुदानबापतको रकम मंगलबार निकासा गरेको छ । उक्त रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको...
रौतहट माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या विवाहेत्तर सम्बन्धका कारण हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको भए पनि पक्राउ परिनसकेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानको क्रममा प्रहरीले रुबीकुमारीको...
मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक अनियमिततामा मुछिएको र उनको कार्यशैलीमाथि गुनासो तथा लिखित उजुरी नै आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि...