राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । रास्वपाका प्रवक्ता मनीष झाले होटेलमा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएर प्रदेश प्रमुखले संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने...

जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई पत्राचार गर्दै २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले मुलुकभर व्यापक राजनीतिक हलचल ल्याएसँगै पार्टीले पनि आत्मसमिक्षा...

सामाजिक सञ्जालमार्फत राजीनामा दिए पनि लिखित रूपमा राजीनामा दिन आनाकानी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारबाट आफ्नै पार्टीले समर्थन फिर्ता लिएको छ। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्। जेन–जीको आन्दोलनमा समर्थन गर्दै पार्टीले दिएको...

रौतहटको गौरस्थित कारागार कार्यालयबाट जेनजी आन्दोलनको दिन फरार भएका कैदीबन्दीहरुलाई थप कारबाही गर्ने  जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ ।  कार्यालयले एक सूचना जारी गर्दै कैदीबन्दीबारे कुनै जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रहरी...

सिराहामा जेन–जी आन्दोलनका क्रममा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना गरिएको छ। अस्थायी प्रहरी बिट फुलबरिया र बाह्रबिघा मात्र पुनर्स्थापना गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमातहत रहेका ४१ प्रहरी...

जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब–भत्ताबराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द...

‘माझी दाईले जुनीभरी डुङ्गा तारिरहे, अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे । कतै पारि जाने रहर उनको पनि थियो, त्यहि पानीले लग्यो सलल…’ गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको...

वीरगन्जमा फैलिएको हैजा बुधबार मात्र पर्साकै पोखरिया र बाराको कलैयामा पनि देखिएको छ । तर, पाँच दिनअघिदेखि वीरगन्जबाट फैलिएको हैजाको कारण भने अझै पत्ता लागेको छैन । हालसम्म आरडिटी परीक्षणमा १४१ मा हैजा देखिएको छ । दिसाको कल्चर परीक्षणमा ३२ मध्ये २५ मा...

रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनामा आरोपी नै जलेको अवस्थामा भेटिएको छ। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका हन्। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार आरोपीले...

चालू आर्थिक वर्ष ०८२/८३ सुरु भएको दोस्रो महिना चलिरहँदासमेत मधेश प्रदेशका एक सय ३६ पालिकामध्ये २६ पालिकाले संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले १० असारभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्छ । १० असारमा पेस...