नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न मुद्दामा पञ्चायतीको नाममा प्रहरी कार्यालयमा हुँदै आएको भेला रोक्न माहतहका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएका छन्। महानिरीक्षक कार्कीले मुद्दामा पक्ष र विपक्षबाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउन देशभरका सबै प्रहरी कार्यालयलाई निर्देशन दिएका हुन्। बुधबार जिल्ला प्रहरी...
एक सातादेखि बेपत्ता पारिएकी महिलाको हात–खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ की ३६ वर्षीया अनितादेवी रायको शव बुधबार सोही वडाको नौ किलोमिटर भन्ने स्थानमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले गत बुधबार रातिदेखि...
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको राजीनामा स्वीकृत गर्ने गाउँकार्यपालिकाको निर्णयलाई उच्च अदालतले बदर गरिदिएको छ । अध्यक्ष चौधरीले आफूले दिँदै नदिएको राजीनामा स्वीकृत गरेर अन्याय गरेको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा गत २६ कात्तिकमा रिट दायर गर्दै...
राजविराज । राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन राजविराज नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकामा गत सोमबार बसेको कार्यपालिकाको निर्णयअनुसार अतिक्रमण खाली गर्न ७ दिने सूचना जारी गरेको हो ।...
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाले स्थायी लेखा (प्यान) नम्बर वितरण सेवा सुरु गरेको छ। यससँगै स्थानीय बासिन्दाले अब प्यान नम्बर बनाउन राजविराज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। यसअघि करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध हुने प्यान सेवा गाउँपालिकाबाटै प्रदान गर्न थालिएको हो।...
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ६, बभनगामामा शनिबार राति आगलागी हुँदा २० वटा घर जलेर नष्ट भएका छन् । रामअवतार यादवको घरनजिक विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । गाउँका अधिकांश स्थानीय विवाह भोजमा गएको समयमा आगलागी भएकाले आगो...
सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्ने मुख्य दायित्व बोकेको राजविराज नगरपालिकाले उल्टै अतिक्रमणकारीलाई संरक्षण दिँदै आएको आरोप लागेको छ। राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना तत्काल हटाउन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले पटक–पटक...
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। भण्डारीलाई बर्खास्त गरी सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त नगरी प्रदेश सभाका करिब दुई तिहाइ सांसदको भावना विपरीत उपधारा ३ अन्तर्गत...
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ ।...