अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शङ्कित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको छ।
बिहीबार राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ,‘भ्रष्टाचार सम्बन्धि शङ्कित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा उपनियम १ बमोजिमको फरेन्सिक इकाई वा प्रयोगशालामा परीक्षण गरिनेछ।’ बयानमा झुटो बोले–नबोलेको पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिन्छ। आयोगले यसअघि पनि यस्तो परीक्षण गरेपनि नियमावलीमा यो विषय नहुँदा प्रमाणका लागि गाह्य हुने गरेको थिएन ।
अब भने पोलिग्राफ परीक्षण पनि प्रमाण बन्नेछ। त्यस्तै, अनुसन्धानको क्रममा संकलित नमुना, कागजात तथा डिजिटल सबुत पनि प्रयोगशलामा परीक्षण गर्ने व्यवस्था नियमावली संशोधनबाट गरिएको छ ।