मधेसवादी दलबीच एकताका लागि वार्ता र छलफल चलिरहेका बेला महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेता जितेन्द्र सोनलको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । लोसपाका वरिष्ठ उपाध्यक्ष रहेका सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।...

पैसा दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजक हुन्। प्रहरीले उनलाई आइतबार घरबाटै पक्राउ गरेको हो। उनीविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका...

रौतहटको राजदेवी नगरपालिका -५ पतहीटोलस्थित दलित बस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । पतहीटोलका स्थानीय जगरनाथ पासवानको खरले छाएको फुसको घरमा बालेको घुरबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । वडा नम्बर ५ का...

मधेशी दलहरूबिच सहकार्यका लागि जसपा नेपाल सकारात्मक बनेकाे छ। आइतबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग गरेको संवादपछि जसपाले सकारात्मक संकेत दिएको हो। संविधान...

यातायात व्यवस्था कार्यालय वीरगन्जले सबै प्रकारका सवारीसाधन कर र नवीकरण दस्तुर जरिवानामा शतप्रतिशत छुट दिएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम सवारी कर र नवीकरण दस्तुरको जरीवाना शतप्रतिशत छुट भएको...

राजविराज। सप्तरीको बलानविहुल गाउँपालिकामा मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया तीन दिने शिविर आयोजना गरिएको छ। गाउँपालिकाले रामलाल गोल्छा आइ हस्पिटल विराटनगरको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म चल्ने तीन दिने शिविरको आयोजना गरेको हो। क्योर बालन्डनेस प्रोजेक्टर्फत संचालित उक्त शिविरको व्यवस्थापन तिलगंगा इन्स्टिच्युट अफ...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडामा जसपा नेपालका उम्मेदवार विजयी भएका छन्। डाक्नेश्वरीको वडा नं १ को वडाध्यक्षमा जसपा नेपालका धीरेन्द्रकुमार साह ६५२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाइन्। यसै नगरपालिकाको वडा नं ४ मा...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १ र ४मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयलगत्तै  मतगणना सुरु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान...

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहाको बरियारपट्टि गाउँपालिका– १ कचनारी नरगीमा आइतबार बिहान नेपालतर्फबाट गएको नम्बर नखुलेको चारपांग्रे गाडीको ठक्करले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) करिब ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। सीमावर्ती क्षेत्रमा गस्तीमा रहेका वेला...