राजविराज। जनता समाजवादी पार्टी नेपालको छिन्नमस्ता गाउँपालिका कमिटी पुर्नगठन भएको छ । महेश यादवकै नेतृत्वमा ३१ सदस्यीय कमिटी शनिबार गठन भएको हो।
कमिटीको उपाध्यक्षमा सरोज यादव र पिंकी ठाकुरलाई चयन गरिएको छ। सचिवम तारकेश्वर प्रसाद यादव,सहसचिवमा सोनाबती खंग,जयप्रकाश यादव, अमरेन्द्र प्रसाद कर्ण तथा कोषाध्यक्षमा पंकज साहलाई चयन गरिएको छ।
सदस्यहरूमा धर्म नारायण यादव, सुरेन्द्र कुमार राय, रामधन राय, सत्यनारायण मण्डल, मंजु देवी यादव, हरि नारायण यादव, महेश्वर मण्डल, जिवछ यादवलाई राखिएको सचिव यादवले जानकारी दिए।
त्यस्तै सदिक मियाँ, आशा देवी सदा, हरेराम यादव, कलाबती खंग, ललिता देवी सदा, प्रमिला देवी सदा, सोनाबती सदा, रामसागर यादव, चन्द्र नारयण साह, भोकर यादव,सुनिता देवी यादव, गजेन्द्र साह, रंजीत साह, प्रमोद कुमार राय र राम कुमारी सदा रहेको जनाएको छ।