सप्तरीका सहायक सीडीओ जितेन्द्र कुमार यादव मन्त्रालय तानिए

सप्तरीका सहायक सीडीओ जितेन्द्र कुमार यादबको सुरुवा भएको छ। गृह मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको छ।

मन्त्रालयले हालै बढुवा भएका ८ जना उपसचिवलाई पदस्थापनसहित केहीलाई सरुवा गर्दा यादव पनि परेका हुन।

मन्त्रालयले धनुषामा दुइ जना उपसचिव शान्ति महत र भोलनाथ गुरागाईलाई पदस्थापन गरेको छ भने सरोज कोइरालालाई मोरङ, नरेन्द्र परियारलाई अछाम, किरणनिधी तिवारीलाई रौतहट, झविलाल भट्टराईलाई अर्घाखाँची, उमेश कुमार दाहाललाई इलाम र कुलशेखर अर्याललाई कास्कीको सहायक सीडीओमा खटाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक सीडीओ गंगा कुमार क्षेत्री पनि मन्त्रालय तानिएका छन्।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !