सप्तरीका युवाहरुले नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।  जेनजी अगुवा मो. मुस्तकिम आलम नेतृत्वमा पुगेका युवाहरुले आइतबार खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरेका हुन् । खानेपानी संस्थानलाई  कमजोर गर्ने खेल भइरहेकोले  यसको सुधारका लागी दवाव स्वरुप कार्यालयमा...

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। भण्डारीलाई बर्खास्त गरी सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त नगरी प्रदेश सभाका करिब दुई तिहाइ सांसदको भावना विपरीत उपधारा ३ अन्तर्गत...

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । रास्वपाका प्रवक्ता मनीष झाले होटेलमा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएर प्रदेश प्रमुखले संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने...

जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई पत्राचार गर्दै २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले मुलुकभर व्यापक राजनीतिक हलचल ल्याएसँगै पार्टीले पनि आत्मसमिक्षा...

सप्तरीको शम्भुनाथ नगरपालिकाले आफ्नै कर्मचारीहरूलाई नियमित हाजिरी तथा कार्यालय समय पालनामा लापरवाही गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । लेखा अधिकृत सृष्टि राउत र आन्तरिक लेखा परीक्षक अधिकृत झनक बहादुर कटुवाललाई कार्यालयले किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण...

सामाजिक सञ्जालमार्फत राजीनामा दिए पनि लिखित रूपमा राजीनामा दिन आनाकानी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारबाट आफ्नै पार्टीले समर्थन फिर्ता लिएको छ। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्। जेन–जीको आन्दोलनमा समर्थन गर्दै पार्टीले दिएको...

सिराहामा जेन–जी आन्दोलनका क्रममा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना गरिएको छ। अस्थायी प्रहरी बिट फुलबरिया र बाह्रबिघा मात्र पुनर्स्थापना गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमातहत रहेका ४१ प्रहरी...

जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब–भत्ताबराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द...