छिन्नमस्ताका कर्मचारी र जनप्रतिनिधिले दुई दिनको तलब राष्ट्रिय पुनर्निर्माण कोषमा दिने

जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग गर्न सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा उपलब्ध गराउने भएको छ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब–भत्ताबराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।

अध्यक्ष चौधरीद्वारा जारी विज्ञप्तिमा गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहप्रति अटल रहेको उल्लेख छ। पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दै नागरिकलाई असुविधा नहुने गरी अझ दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्ने भनिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !