चैत ५ गतेदेखि मधेश प्रिमियर लिग हुने

अगामी चैत ५ गतेदेखि मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।

शनिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिले दोस्रो संस्करणको ८ बर्षपछि तेस्रो संस्करण हुने बताएका हुन्।

पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष ईन्जिनियर संजिवनारायण यादवले तेस्रो संस्करणका लागि आजै (शनिबार)बाट रजिष्ट्रेशन सुरु गरिएको बताए । तेस्रो संस्करणमा अक्सनबाट खेलाडीहरु छनौट गरिने उनले जानकारी दिए।

लिगमा जम्मा १० वटा टिमको सहभागिता गरिने तयारी रहेको आयोजकले जनाएको छ। प्रत्येक टिममा पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका मधेश क्षेत्रबाट ७ खेलाडी तथा नेपालको अन्य ठाउँबाट ४ जना खेलाडी अनिवार्य रहने आयोजकले जनाएको छ ‌।

अध्यक्ष यादवले प्रतियोगिताको खेल राजविराजस्थिति पविमावि हुने बताएका छन् ‌। उनले विरगंज र जनकपुरमा खेलाइने प्रयासमा पनि लागेको बताउँदै त्यो व्यवस्था नभए राजविराजमै सबै खेल हुने बताएका छन्।

आर्थिक समस्याका कारण दोस्रो संस्करणको आठ बर्षपछि तेस्रो संस्करण हुन लागेको आयोजकले बताए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !