अगामी चैत ५ गतेदेखि मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।
शनिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिले दोस्रो संस्करणको ८ बर्षपछि तेस्रो संस्करण हुने बताएका हुन्।
पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष ईन्जिनियर संजिवनारायण यादवले तेस्रो संस्करणका लागि आजै (शनिबार)बाट रजिष्ट्रेशन सुरु गरिएको बताए । तेस्रो संस्करणमा अक्सनबाट खेलाडीहरु छनौट गरिने उनले जानकारी दिए।
लिगमा जम्मा १० वटा टिमको सहभागिता गरिने तयारी रहेको आयोजकले जनाएको छ। प्रत्येक टिममा पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका मधेश क्षेत्रबाट ७ खेलाडी तथा नेपालको अन्य ठाउँबाट ४ जना खेलाडी अनिवार्य रहने आयोजकले जनाएको छ ।
अध्यक्ष यादवले प्रतियोगिताको खेल राजविराजस्थिति पविमावि हुने बताएका छन् । उनले विरगंज र जनकपुरमा खेलाइने प्रयासमा पनि लागेको बताउँदै त्यो व्यवस्था नभए राजविराजमै सबै खेल हुने बताएका छन्।
आर्थिक समस्याका कारण दोस्रो संस्करणको आठ बर्षपछि तेस्रो संस्करण हुन लागेको आयोजकले बताए।