जनकपुरमा रेलको भव्य स्वागत

जनकपुरधाम- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार दिल्लीबाट उद्घाटन गरेको सरयू–कमला एक्सप्रेस रेल अयोध्याबाट मंगलबार बिहान पौने १० बजे जनकपुरधाम आइपुग्यो ।

रेलवे कर्मचारीसहित करिब चार सय यात्रु लिएर बिहान जनकपुरधाम आएको रेल मंगलबारै दिउँसो १:३० बजे अयोध्या फर्किएको छ ।

रेलमा चढेर आएका यात्रुहरूका लागि खाजा, खाना तथा स्वास्थ्य शिविरको निःशुल्क व्यवस्था गरिएको थियो भने जानकी मन्दिरसहितका दर्शनका लागि २५ बसको व्यवस्था गरिएको थियो ।

रेल सेवा आगामी शनिबारदेखि सातामा एक दिन सञ्चालन गर्ने समयतालिका तय गरिएको छ । तर, जनकपुरधामदेखि अयोध्यासम्मको भाडादरसमेत अहिलेसम्म निर्धारण हुन सकेको छैन ।

भाडादर भारतीय पक्षले नै निर्धारण गर्ने र जनकपुरधाममा टिकट काट्ने व्यवस्था मात्रै गरिएको नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !