अधिकांश डिप बोरिङ संचालन विहिन

राजविराज। सुख्खाग्रस्त मधेशको केही दिन अघि हेलिकप्टरबाट निरिक्षण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि ५ सय डिप बोरिङ जडान गर्न निर्देशन दिए। तर राज्यको करौडौं लगानीमा जडान भइसकेको डिप बोरिङहरू अझै पनि संचालन हुन सकेको छैन्।
सप्तरीको विभिन्न पालिकामा जडान गरिएको डिप बोरिङ लामो समय वितिसक्दा पनि‌ संचालन हुन सकेको छैन्।‌

४३ मध्ये १७ वटा मात्र संचालनमा

भूमिगत जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाले सप्तरी र सिरहामा मुख्य रुपमा डिप बोरिङ जडान गर्ने गरेको छ।‌ उक्त कार्यलय मार्फत हालसम्म सप्तरीमा ४३ वटा डिप बोरिङ जडान भएको छ। तर सोमध्ये १७ वटा मात्र संचालनमा रहेको कार्यालयकै तथ्याङ्कले देखाउँछ। केहीमा ट्रान्सफर्मर चोरी भइसकेको छ भने केही बाट वालुवा आउने गरेकोेले पुन: जडान गर्नुपर्ने अवस्था रहेको कार्यलय प्रमुख विकास ठाकुर बताउँछन् ।‌
‘केही क्रमागत अवस्थामा छन्, आवश्यक बजेट विनियोजन नहुने गरेकोले केही सुचारु हुन सकेको छैन्,’ उनले भने, ‘केहीमा विद्युत व्यवस्थापन नभएकोले पनि सुचारु हुन सकेको छैन्।’

यस सुख्खाग्रस्त अवस्थामा किसानको दृष्टिकोणबाट डिप बोरिङको‌ अत्यन्तै आवश्यकता रहेको छ। तर जडान गरिएको डिप बोरिङ पनि संचालन हुन नसक्दा राज्यको लगानी व्यर्थ नै भइरहेको छ।

 

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !