उच्च अदालत राजविराज इजलासमा १८ महिना नाघेको मुदा शुन्य

राजविराज। उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष २०८१/०८२मा ७२ प्रतिशत मुदा फर्छ्यौट गरेको छ। कार्यालयले पत्रकारसँग गरेको साक्षात्कार कार्यक्रममा सात हजार ८९ मुद्दामा पाँच हजार १ सय ९ वटा मुदा फर्छ्यौट गरेको तथ्यांक प्रस्तुत गरेको छ।

हाल इजलासमा १८ महिना नाघेको मुदा शुन्य भएको अदालतका रजिष्ट्रार लोकनाथ पराजुलीले बताएका छन्। उनका अनुसार उक्त इजलासकै इतिहासमा पहिलोपटक १८ महिना नाघेको मुदा शुन्य भएको छ।

मुदा दर्ता भन्दा फर्छ्यौटको संख्या बढाउने उदेश्यले मेहनती गरि काम गरिएको उपलब्धि पाइएको मुख्य न्यायाधीश बामदेव ज्ञवालीले बताए।

हाल अदालतमा २ हजार ४ सय १७ थान मुदाको फैसला लेख्न बाँकी रहेको अदालतले जनाएको छ। भदौ महिनासम्म फैसला लेख्ने कार्य हुने रणनीति बनाइएको इजलासले जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !