महादेवा गाउँपालिकाले‌ ल्यायो विपन्नका लागि नि:शुल्क एम्बुलेन्स सेवा

सप्तरीको महादेवा गाउँपालिकाले‌ गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ।साउन १ गतेदेखि उक्त सेवा लागू भएको पालिका अध्यक्ष सुनिल मण्डलले बताए। 

यससँगै पालिकाले‌ कृषकहरूका लागि कृषि सिँचाइ मिटरको बिल रकम गाउँपालिकाबाट व्यहोर्ने, सुत्केरी आमाहरूलाई अधिकतम दुईपटकसम्म प्रतिपटक पाँच हजार प्रोत्साहन भत्ता उपलब्ध गराउनेछ।

गरिब तथा आर्थिक रूपले विपन्न परिवारहरूका व्यक्तिहरूको मृत्यु भएमा किरिया खर्चका लागि १० हजार रुपैयाँ दिने पालिकाले कार्यक्रम सुरु गरेको छ।‌ जेहेनदार विद्यार्थीहरूका लागि पालिकाको स्वीकृत मापदण्डबमोजिम उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमसमेत रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले बताए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !