सप्तरी प्रशासनको आग्रह : होलीमा जबरजस्ती रङ दल्ने र लोला हान्नेहरुलाई कारवाही हुन्छ

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ, लोला अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै होहल्ला तथा अवाञ्छित क्रियाकलाप नगरी होली पर्व मनाउन अपिल गरेको हो ।

प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानद्वारा जारी सूचनामा चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरीत कार्य गरे-गराइएको पाइएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
‘चाडपर्व मनाउने नाममा कसैको ईच्छा विपरीत रंग लगाउने,लोला हान्ने फोहर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले चाडपर्व मनाउन कार्यालय सम्पुर्ण जिल्लाबासीलाई हार्दिक अपिल गर्दछ’ जिप्रकाद्वारा जारी सूचनामा उल्लेख छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !