विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्जवल

सप्तरीको विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द हाजिर भएका छन्। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यालय प्रमुखमा अधिकृत आनन्द बुधवार दिउँसो हाजिर भएका हुन्।

गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आनन्द हाजिर भएका हुन्।

कार्यालयमा हाजिर भएपछि आनन्दले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख आनन्दले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !