राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्।
मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्।
अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै उनीहरूले समस्या समाधान गर्न आग्रह गरे।
समयमा डाक्टरहरू ओपीडीमा नआउने, गाइने वार्डमा चिकित्सकहरू नाइट ड्युटीमा नहुनु फोन गरेपछि मात्र उपलब्ध हुनु, अस्पातालको दक्षिणी गेटमा रहेको रेडक्रस भवन अस्पतालको हो की होइन भन्ने प्रश्न गरेका थिए । उक्त भवन अस्पातालको भए त्यसमै डाक्टरहरूले निजी क्लिनिक खोलेको समेत अवगत गराएका थिए।
डाक्टरहरूले लेखेको ल्याब जाँच, एक्सरे लगायतका जाँचहरु निजीमा गराउन भन्ने गरेको समेत बिषय उनीहरूले उठाइएको हो।
समाजिक सुरक्षा सेवाबाट वास्तविक आर्थिक कमजोरलाई २५ प्रतिशत मात्र छुट भेट्ने तर पहुँचवालालाई सतप्रतिशत छुट हुने गरेको उनीहरूको आरोप छ।
मेसु तिवारीले १५ दिन भित्र यी समस्याहरु समाधान गर्ने बाचा गरेको संगठनमा अगुवाइ गरेका नेता सतेन्द्र यादवले जानकारी दिए। उनीसँगै स्वतन्त्र विद्यार्थी युनियनका सभापति रंजित यादव, सदस्य अनिल यादव, समाजवादी युवाका जिल्ला अध्यक्ष केदार यादवमसेतको उपस्थिति थियो।