मिलापत्र भएपछि सहकारी ठगीका आरोपित तातेड रिहा

बसन्तकुमार यादव

राजविराज। कान्तिपुर बहुउदेश्यीय सहकारी ठगीका आरोपित सिदार्थ तातेड रिहा भएका छन्।

सोमबार तिलकबहादुर कार्कीको इजलासमा रहेको मुदामा मिलापत्र भएपछि उनलाई रिहा गरिएको सप्तरी जिल्ला अदालतका सुचना अधिकारी गंगा प्रसाद मिश्रले जानकारी दिए।

बचतकर्ताको तीन करोड रकम हिनामिना गरेको आरोपमा उनीसहित १२ जनाउपर मुदा दर्ता भएको थियो।
२०८० ‌साउन १५मा दर्ता भएको मुदामा उनलाई २०८१ साउनमा पक्राउ गरेको थियो। साउन १७ गते उनलाई अदालतले कारागार चलान गर्ने आदेश गरेपछि उनी कारागारमा रहेका थिए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !