सप्तरीको डाक्नेश्वरीका दुवै वडामा जसपा नेपाल विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडामा जसपा नेपालका उम्मेदवार विजयी भएका छन्।

डाक्नेश्वरीको वडा नं १ को वडाध्यक्षमा जसपा नेपालका धीरेन्द्रकुमार साह ६५२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाइन्।

यसै नगरपालिकाको वडा नं ४ मा जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका जोगिन्द रायले २७७ मत ल्याए।

यी दुवै वडामा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !