सप्तरीको डाक्नेश्वरीमा मतगणना सुरु

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १ र ४मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयलगत्तै  मतगणना सुरु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान केन्द्र रहेको थियो।

वडा नम्बर १ अन्तर्गत राप्रावि बलटीमा एक हजार ७४ मध्ये ७३८ मत खसेको छ भने सोही वडाको मावि कविलासा (क) मा ७५६ मध्ये ५५४ र मावि कविलासा (ख) मा ७९३ मध्ये ५५३ मत खसेको छ ।

त्यस्तै, वडा नम्बर ४ अन्तर्गत राप्रावि भुतही (क) मा ६४४ मध्ये ४७३ र राप्रावि भुतही (ख) मा ६७५ मध्ये ५१३ जनाले मतदात गरेको जनाएको छ।

दुवै वडामा कुल ३ हजार ९४२ मतदातामध्ये २ हजार ८३१ जनाले मतदान गरेको निर्वाचन कार्यायल सप्तरीले जनाएको जनाएको छ ।

दुई वटै वडामा वडाध्यक्ष पदका लागि ८/८जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !