डाक्नेश्वरीमा मतदान शुरू

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा मतदान शुरू भएको छ ।

नगरपालिकाको याे दुबै वडामा अध्यक्ष पदका लागि आज उप निर्वाचन भइरहेको छ । दुबै वडामा मतदान शुरू भइसकेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
सप्तरीका प्रहरी प्रमुख एसपी खतिवडाका अनुसार डाकनेश्वरी नगरपालिका–१ मा एक मतदान स्थलमा तीन मतदान केन्द्र र वडा नम्बर ४ मा एक मतदान स्थलमा दुई मतदान केन्द्र कायम गरिएको छ ।

दुई वडाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी छ । वडा नं १ मा ८ जना र वडा नं ४ मा ८ जनाले उम्मेदवारी दिएका छन्। अहिलेसम्म मतदान शान्तिपूर्वक भइरहेको र सुरक्षा व्यवस्था एकदमै कडा गरिएको एसपी खतिवडाले जानकारी दिए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !