राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मेखबहादुर मंग्राती ६ महिनामै सरुवा भएको छ ।
सप्तरीका सीडीओ सरुवा भएर जाजरकोट पुगेका छन् भने सप्तरीमा गोरखाबाट भोला दाहाल आएका छन्। मंग्राती सप्तरीमा ६ महिना अगाडि पाँचथरबाट सीडीओकाे रूपमा आएका थिए ।