नगरप्रमुखविरुद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलन

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा कार्यवाहक नगरप्रमुख इसरत परविनविरूद्ध संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।

बिहिबार उनीहरूले राजविराज नगरको परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

यही कात्तिकमा राजविराजमा लाग्ने भनिएको मेला नलाग्न दिन उनीहरुको माग छ । नगरप्रमुख इसरत परविनले कार्यपालिकाको बहुमत सदस्यको विरोधमा गएर मेलालाई समर्थन गरेकोले विरोध गरेको प्रदर्शनकारी सुधिर यादवले बताए।
उनले मेलाले राजविराजमा द्वन्द्व सृजना हुनेसक्ने भएकोले मेला नलाग्न दिन माग गर्दै आएका छन्।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !