राजविराज । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। यादवले अनलाइन माध्यमबाट रास्वपाको औपचारिक सदस्यता लिएका हुन्।
नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार यादवले अनलाइनमार्फत पार्टी सदस्यता लिएका हुन्। स्रोतका अनुसार उनको सदस्यता नम्बरसमेत प्राप्त भइसकेको छ।
यादव तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), हालको जसपाबाट चार हजार २६९ मत प्राप्त गर्दै रुपनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
यसअघि यादवसहित चारजनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको समाचार सार्वजनिक भएको थियो।





