गोलबजारको कर्फ्यु दुई  घन्टाका लागि खुकुलो बनाइदै

लहान । जिल्ला प्रशासन कार्याल सिराहाले बिहिवार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा लगाएको कर्फ्यु शनिबार अपरन्हदेखि  केही खुकुलो बनाइएको जनाएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै सुरक्षा अवस्थाको विश्लेषण र आम सर्वसाधारणले दैनिक उपभोग्य सामाग्री व्यवस्थापन गर्न शनिबार अपरान्ह ३ बजेदेखि साझ ५  बजेसम्म कर्फ्यु खुकुलो गरिएको जनाएका हुन् ।

उक्त अवधिमा गोलबजार क्षेत्र हुदै  सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई सूचनामामार्फत अनुरोध गरिएको छ ।

स्थानीय प्रशासनले लहान क्षेत्रको कर्फ्यु भने शनिबार बिहान १० बजेदेखी हटाएको छ ।

कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जना भन्दा बढी समूह भेला जम्मा नहुन समेत सूचित गरिएको छ । जिल्लाको सुरक्षा स्थितिको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको गोलबजार  क्षेत्रभित्र कर्फ्यु लगाएको थियोे  । बिहीबार दिउँसो गोलबजार ४ क्याम्पस चोकमा गोली लागेर औरही २ तुलसीपुर गाउँका करिब १७ वर्षका गणेश यादवको मृत्युु भएपछि प्रदर्शनकारीले स्थानीय एबी मलसहित एक दर्जन निजी घर पसल, २० थान मोटरसाइल, एउटा टेम्पोमा आगजनी गरेका थिए । प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर २२ सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !