सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका छन् ।
पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।
भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।
नरहा गाउँपालिका ३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।