सर्लाहीमा १ लाख ७६ हजार नक्कली नोटसहित ५ जना पक्राउ

सर्लाहीमा नक्कली नोटसहित ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ५ सुन्दरपुर बस्ने ४२ वर्षीय सुल्तान मन्सुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलिया टोल बस्ने ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया बस्ने ४८ वर्षीय दुलार सहनी, सर्लाहीकै ब्रहमपुरी नगरपालिका– २ बस्ने ५० वर्षीय रामप्रित सहनी र ३५ वर्षीया सिहानता कुमारी देवी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिआर ३० सी ४७६६ नम्बरको मोटरसाइकलमा सवार रहेका खुर्सैद सेख र रामनारायण सहनीले राखेको कार्टुनभित्र नेपाली नक्कली एक हजारको दरको तलमाथि १/१ वटा नोट राखी बीचमा सादा सेतो पेपर राखि बनाएको बण्डल ८८ थानमा नक्कली जम्मा १७६ थान फेला परेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

घटनामा संलग्न रहेको खुलेको पाँच जना र चढेर आएको बा ४७ प ८७५७ र बिआर ३० एएल ३९४९ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !