होलीका लागि सप्तरीमा ड्रोनबाट निगरानी हुने

राजविराज । सप्तरी प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन शनिवारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ। यसका सुरक्षा योजना अन्तर्गत ५ सय बढी प्रहरी परिचालन गरिएको छ भने निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले होली पर्वलाई लक्षित गरी बुधवारदेखि शबुवार सम्मका लागि बिषेस सुरक्षा योजना लागु गरिएको जानकारी दिए । “सादा पोसाक, रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी परिचालन गरिने उनले बताए ।

विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ,” उनले भने। होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ।

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्युटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ। प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ।

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायत उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने एसपी खतिवडाले बताए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !