पैसा दोब्बर पारिदिने भन्दै ठगी गर्ने तिलाठीका हनुमानी पक्राउ

पैसा दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजक हुन्।

प्रहरीले उनलाई आइतबार घरबाटै पक्राउ गरेको हो। उनीविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। मोबाइल स्विच अफ गरेर सम्पर्कविहिन भएका उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार जिल्ला अदालतमा म्याद थपपश्चात् पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने सप्तरी प्रहरीले बताएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !