सिरहामा बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

सिरहामा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्रबहादुर खत्रीलाई बलात्कारको आरोपमा आइतबार नै पक्राउ गरेको हो ।

खत्रीले गत कात्तिक १४ गते डरत्रास देखाई खोल्सीमा लगी जबर्जस्ती गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा खत्रीलाई उदयपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आइतबार नै उनलाई जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !