राजविराज । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बस्ने चन्दन कुमार सिंहलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। ३६ बर्षीय सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिंहले सोही ठाउँका भगवानलाल यादवसँग घर जग्गा किन्न भन्दै रु ४८ लाख ७५ हजार ऋण लिएका थिए । यादवले रकम माग्दा सिंहले आफ्नो नाममा संचालनमा रहेको सिद्धार्थ बैंक राजविराज शाखाको चेक दिएका थिए ।
चेक साट्न जाँदा खातामा रकम नभएपछि बैंकले बाउन्स गरी फिर्ता दिएपछि यादवले बैकिङ कसुरको मुद्दाको जाहेरी प्रहरीमा दिएका थिए । सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत बाट५ दिन को म्याद थप गराएर अनुसन्धान कार्य गरिरहेको खतिवडाले जानकारी दिए ।