मान इन्टरनेशल अवार्ड भव्यताका साथ हुने

मैथिली एसोसिएशन नेपाल को आयोजनामा विराटनगरमा मान इन्टरनेशनल अवार्ड कार्यक्रम भव्यतापूर्वक गरिने भएको छ ।

विराटनगरमा आगामी मंसीर १५ गते हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष प्रवीण नारायण चौधरीले जानकारी दिए।

मान इन्टरनेशनल अवार्ड कार्यक्रम बारे जानकारी दिने उदेश्यले बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नेपाल र भारतका गरी ६० जना विशिष्ट व्यक्तित्वलाई मान इन्टरनेशनल अवार्ड प्रदान गर्न लागिएको उनले बताए ।

अवार्ड वितरण कार्यक्रममा ४५ जना सेलिब्रेटीलाई गेष्ट अफ अनरबाट सम्मानित गर्ने तयारी गरेको अध्यक्ष चौधरीले बताए । मैथिली एशोसिएशन नेपाल विराटनगर सहित नेपाल र भारतको मिथिलान्चल क्षेत्रमा मैथिली भाषा साहित्य कला र संस्कृति को क्षेत्रमा काम गर्दै मिथिलाको धरोहरको संरक्षण हुनुपर्ने आवाज उठाउँदै आएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !